ncell long ad

प्रधानमन्त्रीलाई गगन थापाले दिए मननयोग्य सुझाव

ncell long ad

काठमाडौँ : नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनुभएको छ । थापाले आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्न सुझाएको तथ्य सार्वजनिक गर्नुभएको हो ।

थापाले भेटमै यस्तो सुझाव दिएको बताउनु भएको छ । ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं।उहाँलेुपार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो,तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्नुभन्ने विश्वास दिलाउनु भएको छ,’ थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, प्रधानमन्त्रीज्यु यो विश्वासलाई कायम राखिदिनु होला।’


४ साउन २०७८, सोमवार ११:०२ बजे प्रकाशित

ncell long ad

प्रतिक्रिया दिनुहोस्

ncell long ad

सम्बन्धित शीर्षकहरु