ncell long ad

अन्तर्राष्ट्रिय क्रिकेटबाट पारस खड्काको संन्यास

ncell long ad

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरे । खड्काले सामाजिक सञ्जालमार्फत आफ्नो करीब दुई दशकको क्रिकेट करियर अन्त्य गरेको घोषणा गरेका हुन् ।

खड्काले अब नेपालका लागि नै नखेल्ने निर्णय गरेका हुन् । ‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय गरेको छु । नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो’, पारसले सामाजिक सञ्जालमा लेखेका छन् ।

पारसले आफूलाई नेपाली क्रिकेटमै सम्भवत: सबैभन्दा उत्कृष्ट खेलाडी सावित गरेका छन् । उत्कृष्ट कप्तान, नेपाली क्रिकेटको पोष्टर ब्वाइ अनि क्रिकेटर मात्र नभई सेलिब्रिटी खेलाडीको पहिचान समेत बनाएका पारसको संन्याससँगै नेपाली क्रिकेटको एउटा युगकै अन्त्य भएको उनीसँगै डेब्यु गरेका विकास दली बताउँछन् । ‘


१९ साउन २०७८, मंगलवार १९:१५ बजे प्रकाशित

ncell long ad

प्रतिक्रिया दिनुहोस्

ncell long ad

सम्बन्धित शीर्षकहरु