ncell long ad

दोलखा कारागारमा पुस्तकालय स्थापनाका लागि पुस्तक सहयोग

ncell long ad

दोलखा संवाददाता । आज आईतवार चौधौ पुस्तकालय दिवसको अवसर पारेर एक कार्यक्रमको आयोजना गरी दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको प्रमुख आतिथ्यमा कारागारमा साहित्य लगायत अन्य बहुउपयोगी पुस्तक सहयोग गरिएको छ । उक्त कार्यक्रमको संयोजन समय सान्दर्भिक मिडिया प्रा.लि. ले गरेको हुन् ।


उक्त कार्यक्रममा बिबिध साहित्य पुस्तक, सामान्य ज्ञान, धार्मिक लगायत अन्य पुस्तक गरी २०० प्रति हस्तान्तरण गरिएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी घिमिरे, पत्रकार र जेल भित्रका कर्मचारीहरुको उपस्थिति रहेका थिए ।


प्रमुख जिल्ला अधिकारी घिमिरेको बिशेष आग्रहमा समय सान्दर्भिक मिडिया प्रा. लि.को संयोजनमा पुस्तकालय स्थापनाका लागि पुस्तक सहयोग गरिएको थियो ।

दोलखा जिल्ला कारागारबाट शुरु भएको पुस्तकालय स्थापना अभियानलाई देशै भरिका ७७ वटै जिल्लामा बिस्तार गरिने आयोजक संस्थाले जानकारी गराएका थिए ।


यस बर्ष पुस्तकालय दिवसको अवसर पारेर सबल समाजको आधार सार्वजनिक पुस्तकालयको विकास र विस्तार भन्ने नारालाई सरकारले अघि सारेका छन् ।


१३ भदौ २०७८, आइतवार २०:१४ बजे प्रकाशित

ncell long ad

प्रतिक्रिया दिनुहोस्

ncell long ad

सम्बन्धित शीर्षकहरु