ncell long ad

गौरीशंकर बहुमुखी क्याम्पसको अन्तरक्रिया कार्यक्रम सम्पन्न

ncell long ad

काठमाडौँ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि गौरीशंकर बहुमुखी क्याम्पसले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । राजधानीको जमल स्थित यलोपेगोडा होटेलमा दोलखालीहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम समपन्न भएको हो । 

उक्त क्याम्पसमा अहिले ११ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् । क्याम्पसमा रिसर्च सेन्टर लगायत अन्य भौतिक तथा शैक्षिक स्तरलाई गुणस्तर बनाउर्दै लाने क्याम्पस संचालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी गराउनु भयो ।  क्याम्पस २ हजार देखि २ हजार ५ सय बिद्यार्थी क्षमता रहेको भवन पनि निर्माण गरिसकेको समितिका अध्यक्ष मानन्धरले जानकारी गराउनु भयो ।

मानविकी संकाय अन्तर्गत अंग्रेजी , नेपाली बिषयको अलावा ब्यबस्थापन संकायमा एम बि एस बिषयको पढाईसंगै सोसियोलोजी विषयका लागि पनि क्याम्पसले पहल गरिरहेको छ ।  क्याम्पसले बिहानीको पढाई संगै सन्ध्याकालीन पढाई पनि सुचारु गर्ने तयारि गरिरहेको छ । 

अन्तरक्रिया कार्यक्रममा पूर्वमन्त्री, प्रदेशसभा सदस्य, राजनीतिक व्यक्तित्व , समाजसेवी र क्याम्पस सस्थापक सदस्य लगायत शुभचिन्तकहरुले आआफ्नो धारणा राखेका थिए । 

उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस संचालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरले गर्नु भएको थियो भने कार्यक्रममा निवर्तमान संचारमन्त्री पार्वत गुरुङ, पुर्व पर्यटनमन्त्रि आनन्द पोखरेल, प्रदेशसभा सदस्य बिशाल खड्का प्रतिनिधिसभा सदस्य शान्ति पाख्रीन लगायत गौरीशंकर बहुमुखी क्याम्पसमा महत्वपूर्ण योगदान दिने व्यक्तिहरुको सहभागिता रहेको थियो । 


१३ साउन २०७८, बुधवार १९:५१ बजे प्रकाशित

ncell long ad

प्रतिक्रिया दिनुहोस्

ncell long ad

सम्बन्धित शीर्षकहरु