ncell long ad

नगर न्यायिक समितिले एक वर्षमा ६० वटा विवाद समाधान गरे : भीमेश्वर नगरपालिका

ncell long ad

दोलखा सम्वाददाता । भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय भीमेश्वरकाे न्यायिक समितिले एक वर्षको अवधिमा ६० वटा विवाद निरुपण गरेको छ । आर्थिक वर्ष ०७७/७८ मा भीमेश्वर नगरपालिकाको न्यायिक समितिले ६० वटा विवाद निरुपण गरेको भिमेश्रर नगरपालिका उप प्रमुख न्यायिक समितिका संयोजक कमला बस्नेतले बताएका हुन् ।

एक वर्षको अवधिमा न्यायिक समितिमा ९२ वटा उजुरी परेको थियो । जसमा ६० वटा विवाद मेलमिलापको माध्यमबाट समाधान गरेको संयोजक बस्नेतले बताएका हुन् । ३२ वटा विवाद मेलमिलापकै माध्यमबाट छलफल गराउनका लागि विचाराधीन अवस्थामा रहेको उनले जानकारी गराएका छन् । विचाराधीन ३२ वटा मुद्धा विभिन्न प्रकृतिका रहेका छन् ।

न्यायिक समितिमा जग्गाको साध सिमानाको विवाद, घर जग्गा मिचि घर बनाएको, लेनदेन, हातपात गरि गाली गलौज गरेको, बाटो खन्ने कार्य रोकी पाउन, घर निर्माण कार्य गर्न नदिएको सम्बन्धि, घरमा जाने बाटो नदिएको, सार्वजनिक जग्गा मिचेको, कोठा खालि गरि पाउ, मन्दिर जोगाई पाउन, घर निर्माण लागत रकम असुली गरि पाउ, कामदारको ज्याला दिलाई पाउ, चर्पि निर्माण कार्य रोक्का गरि पाउ, निर्माणधीन घर रोक्का गरि पाउ, विद्यालय जाने बाटो बन्द गरिएकोमा खुलाई पाउ, छानबिन गरि आवश्यक प्रकृयालाई अगाडी बढाई पाउ (स्कुल प्रकरण) लगाएतका उजुरी परेको भिमेश्रर नगरपालिकाका सामाजिक बिकास शाखाका बरिस्ट अधिकृत न्यायिक समितिका सहजकर्ता नारायण सेडाईले बताएका छन् ।

भीमेश्वर नगरपालिका सामाजिक सद्भाव, मेलमिलाप, शान्ति र अमन चयनमा अभिवृद्धि गर्न, नगरबासी जनतालाई अदालत धाउदा हुने आर्थिक व्यय भार, अनुत्पादक खर्च, दुःख हैरानीलाई कमि गर्नको लागि न्यायिक समितिले काम गरिरहेको संयोजक बस्नेतले बताएका हुन् । स्थानीय स्तरबाट मेलमिलापको प्रकृयाबाट जनतालाई परेको पीर मार्काको उजुरीमा विवाद निरुपण गरि न्यायिक समितिले दुवै पक्षहरुलाई झिकाई अधिकतम प्रयत्नबाट मेलमिलाप गराउन लगाई विवाद समाधान गर्दै आएको न्यायिक समिति संयोजक बस्नेतले बताएका छन् । साथै उनले नगरभित्र देवानी प्रकृतिका कुनै पनि विवाद भए न्यायिक समितिमा आउन आग्रह समेत गरेका छन् ।


१९ साउन २०७८, मंगलवार २२:०० बजे प्रकाशित

ncell long ad

प्रतिक्रिया दिनुहोस्

ncell long ad

सम्बन्धित शीर्षकहरु