ncell long ad

पौडेल समुहले वडा अधिवेशनलाई मान्यता नदिने

ncell long ad

काठमाडौं । नेपाली काँग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको वडा अधिवेशन पुनः गर्नुपर्ने माग गरेको छ । वरिष्ठ नेता पौडेल पक्षले सोमबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीको जिल्ला कार्य समिति र वडाध्यक्षहरुको सहमतिविना प्रहरी प्रशासनको दूरुपयोग गरेर गराइएको वडा अधिवेशन मान्य नहुने चेतावनी दिँदै पुनः गराउन माग गरेको हो ।

घोर अप्रजातान्त्रिक र आपत्तिजनक ढंगले प्रहरी प्रशासन लगाएर गरिएको सो वडा अधिवेशन मान्य नहुने चेतावनी दिँदै वरिष्ठ नेता पौडेलले पुनः गर्न सभापति देउवासँग माग गर्नु भयो । उहाँले भन्नु भयो, ‘जिल्ला कार्य समिति पनि संलग्न छैन । त्यहाँको नेताहरुको पनि संलग्नता छैन । तर चुनाव भयो भनिन्छ ।

त्यस्तो किसिमले अहिले डडेलधुरामा जुन खेल भयो, त्यो गम्भिर अप्रजातान्त्रिक र आपत्तिजनक जुन छ  र यो काम चाँही त्यहीँबाट सुरु भएको छ । यसले नेपाली काँग्रेसको १४ औं महाधिवेशनको निष्पक्ष र पारदर्शी हुन्छ भन्ने कुरामा नै शंका उत्पन्न हुन थालेको छ । यसो भएको हुनाले हामी भन्न चाहन्छौं–त्यहाँको वडाको चुनाव सम्पन्न गरियोस् ।

सबै जिल्ला पार्टीको उपस्थितिमा, जिल्ला पार्टी सभापतिलगायत जिल्ला कार्य समितिको सहमतिमा, वडाध्यक्षहरुको सहमतीमा, त्यहाँको विधि, विधान र नियम अनुसारनै त्यहाँको वडा अधिवेशन गराउन जोडदार माग गर्दछौं ।’

पौडेल पक्षले विधान विपरित आफूहरु पक्षका क्रियाशील सदस्यहरु हटाउने र आफ्नो चाँही थप गर्ने प्रयास नगर्न पनि सभापति देउवालाई सचेत गराउँदै आएको छ । वरिष्ठ नेता पौडेलले महाधिवेशन निष्पक्ष र पारदर्शी हुन्छ भन्ने कुरामा नै आशंका गराउने काम नगर्न पनि सभापति देउवालाई पटक पटक आग्रह गर्नु भयो ।


२९ भदौ २०७८, मंगलवार ०९:२२ बजे प्रकाशित

ncell long ad

प्रतिक्रिया दिनुहोस्

ncell long ad

सम्बन्धित शीर्षकहरु