ncell long ad

नेपाल टेलिकमको एमडी बन्न नौ जनाको आवेदन

ncell long ad

काठमाडौं । नेपाल सरकार मातहत रहेको नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) पदका लागि नौ जनाले आवेदन दिएका छन्।

टेलिकमकै पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्यले पनि दरखास्त बुझाउनु भएको छ । टेलिकमकी व्यवसायिक अधिकृत संगिता पहाडी समेत खानेपानी संस्थानका पूर्वमहानिर्देशक एवम् इन्जिनियर अर्जुनबाबु ढकाल, सुनिल पौडेल, टेलिकमको पूर्व कर्मचारी प्रदीपराज उपाध्याय र सुरजसिंह थापाले आवेदन दिनु भएको छ ।

टेलिकमको वीरगन्ज क्षेत्रीय निर्देशनालयका पूर्वनिर्देशक अमलेन्दु नारायण सिंह, नगेन्द्रकुमार दास र त्रिभुवन विश्वविद्यालय आइटी विभागका एक प्राध्यापक पनि प्रतिस्पर्धामा रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

हाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति तथा सेवा सुविधा संशोधित निर्देशिका रोक्न सर्वोच्चको आदेशपछि प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया भने रोकिएको छ।


८ पुस २०७८, बिहीवार १२:३२ बजे प्रकाशित

ncell long ad

प्रतिक्रिया दिनुहोस्

ncell long ad

सम्बन्धित शीर्षकहरु