ncell long ad

मध्यपहाडी लाेकमार्गका तत्कालीन योजना प्रमुखसहित पाँचविरुद्ध मुद्दा

ncell long ad

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा भ्रष्टाचार भएको भन्दै तत्कालीन योजना प्रमुख बिजय चापागाईंसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले चापागाईंसँग ६८ लाख ९३ हजार ७ सय ७८ ,तत्कालीन इन्जिनियर दिपककुमार खड्कासँग ६८ लाख ९३ हजार ७ सय ७८, तत्कालीन इन्जिनियर गजेन्द्र प्रसाद राउतसँग ६८ लाख ९३ हजार ७ सय ७८, तत्कालीन लेखा अधिकृत दुर्णप्रसाद फुयाँलसँग २१ लाख ४९ हजार ८ सय १८ र प्रवन्ध निर्देशक रवि सिंह (महादेव खिम्ती निर्माण सेवा प्रालि)का ६८ लाख ९३ हजार ७ सय ७८ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।

यस राजमार्गको खोटाङ जिल्लामा रहेकाे चेनेज ४२ देखि ८८ प्लस ५०० खोटाङ खण्ड निर्माण कार्य ठेक्का सम्झौताअनुसार नगरेको भन्ने उजुरीका आधारमा छानबिन गर्दा गलत भएको पाइएको आयोगले जनाएको छ ।

उक्त ठेक्कामा निर्माणस्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी भेरिएसन हुनपर्ने भन्दा फरक व्यहोराको भेरिएसन पेस गरी, सार्वजनिक खरिद नियमावली अनुसार भेरिएसन नगराइ, इस्टिमेट विपरीत विना कुनै निर्णय फिल्डमा काम गरी/गराइएको अख्तियारले जनाएको छ।

फिल्डमा भएको परिमाणभन्दा बढीको नापी किताब तयार पारी एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरी, एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्काबाट एउटै प्रकृतिको काम गरेको पाइएको पनि अख्तियारले अभियोग पत्रमा उल्लेख गरेको छ।

एउटा ठेक्काबाट डीपीआर अनुसारको इस्टिमेट तयार भइ भएको कामको भुक्तानी भइसकेपछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्काबाट काम गराइ बिल तयार पारी ६८ लाख ९३ हजार ७ सय ७८ रुपैयाँ हिनामिना गरिएको अख्तियारले दाबी गरेको छ।


१२ साउन २०७८, मंगलवार २२:४७ बजे प्रकाशित

ncell long ad

प्रतिक्रिया दिनुहोस्

ncell long ad

सम्बन्धित शीर्षकहरु