ncell long ad

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो, आज एकै दिन २५ जनाको मृत्यु

ncell long ad

काठमाडौं : कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । आज एकै दिन २५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३,७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेपलमा पहिलो पटक कोरोना संक्रमणबाट ३ जेठ २०७७ मा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । यससागै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको १० हजार संख्या पुगेको छ ।

९हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ८८५ जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १० हजार ५०९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार १९ पुगेको छ भने ६ लाख ६५ हजार ५४८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ जना रहेका छन् । जसमध्ये ३१ हजार ४२७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३२ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय जना कोरोना संक्रमित थपिएका छन् ।


२२ साउन २०७८, शुक्रवार २२:२४ बजे प्रकाशित

ncell long ad

प्रतिक्रिया दिनुहोस्

ncell long ad

सम्बन्धित शीर्षकहरु