ncell long ad

त्रिविले आजदेखि भौतिक रुपमा शुरु गर्यो परीक्षा

ncell long ad

काठमाडौं : झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि भौतिक रुपमा शुरु भएको छ । आजबाट कोरोना महामारीका कारण रोकिएको स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षे÷तीन वर्षे परीक्षा शुरु भएको हो । भोलिबाट व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुँदैछन् ।

नियमित र आंशिक सबै परीक्षा सुरु भएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार सबै विद्यार्थीहरु परीक्षामा सहभागी भएका छन् ।

कोरोना महामारीका कारण त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भर्ने व्यवस्था मिलाएको थियो । तर, प्रवेशपत्र प्रिन्ट गर्ने बेला फोटो र पूरा विषय नआएको, केन्द्र परिवर्तन नभएको जस्ता समस्या परीक्षार्थीहरुले भोगेका छन् ।

केही प्राविधिक समस्या आएको स्वीकार्दै परीक्षा नियन्त्रक जोशीले अहिले नागरिकता वा परिचय खुल्ने अन्य परिचयपत्र हेरेर सहज रुपमा परीक्षा दिने व्यवस्था मिलाउन केन्द्राध्यक्षहरुलाई भनिएको र नमिलेका अन्य कुराहरु विद्यार्थीहरुको निवेदनको आधारमा मिलाइने उल्लेख गर्नुभयो ।

उहाँले परीक्षा दिन आएकालाई परीक्षामा बसाउन भन्दै बाँकी कुरा पछि सच्याउँने बताउनुभयो । बिहान सात बजेबाट परीक्षा सुरु भएको र अहिलेसम्म गम्भीर समस्या केही पनि नआएकाले आफूहरु उत्साहित भएको जानकारी दिनुभयो ।


१० साउन २०७८, आइतवार ११:०० बजे प्रकाशित

ncell long ad

प्रतिक्रिया दिनुहोस्

ncell long ad

सम्बन्धित शीर्षकहरु