ncell long ad

दोलखामा पहिलो तारे होटल एम्ब्रोसिया सञ्चालनमा

ncell long ad

दोलखा । दोलखा जिल्लामा पहिलो पटक तारे होटल संचालनमा ल्याएको छ । ब्यबसायी दिनेश बस्नेतको लगानीमा दोलखामा पहिलो पटक तारे होटल सञ्चालनमा आएको हो । अदिति कम्प्लेक्समा बस्नेतले तारे होटलमा उपलव्ध हुने सुविधासहित होटेल एम्ब्रोसिया सञ्चालनमा ल्याएका हुन् ।

नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले शनिवार आयोजित एक समारोहकाबीच होटलको शुभारम्भ गरे । होटलमा ३५ वटा कोठाहरु छन् । जसले एकसाथ १ सय जना गेष्ट राख्ने क्षमता राख्छ । होटलमा ५ सय जना क्षमताको सुविधासम्पन्न बैंक्वेट र १ सय क्षमताको मिटिङ हल र रुफटपमा रेष्टुराँ रहेको छ ।

१० करोड भन्दा बढि लगानी रहेको उक्त होटल , दुई तारे होटलको रुपमा संचालनमा आएको छ ।

दोलखाका सफल व्यवसायी मानिने बस्नेत गोर्खा ब्रुअरी, सूर्य नेपालको आधिकारिक बिक्रेता र कालिञ्चोक ड्रिङकिङ वाटर उद्योगका पनि संचालक हुन् । बस्नेतकै नेतृत्वमा जिल्लामै पहिलो सुपरमार्केट ‘सुपर नाइन मार्ट’ र सफल इन्टरप्राइजेज सञ्चालनमा छन् ।


९ साउन २०७८, शनिवार १८:३५ बजे प्रकाशित

ncell long ad

प्रतिक्रिया दिनुहोस्

ncell long ad

सम्बन्धित शीर्षकहरु