ncell long ad

दशैँको अवसर पारेर संञ्चारकर्मी शाक्यको नेपाली एल्वम बजारमा

ncell long ad

काठमाडौँ । संञ्चारकर्मी तथा गायक शुलिन शाक्यले नेपाली एल्वम सिङ्गर बजारमा ल्याएको छ । बिजया दशमीको अवसर पारेर गायक शाक्यले आप्mनो नेपाली एल्वम बजारमा ल्याएका हुन् ।

अथक प्रयास पश्चात गायक शाक्यले नेपाली एल्वम बजारमा ल्याउन सफल भएका हुन् । समय सान्दर्भिक बसाइको क्रममा उनले आफ्नो नेपाली डेब्यु एल्बम हातमा लिइ गहभरी खुशीको आँशु बगेको हामी माझ ब्यक्त गर्नुभयो ।

गायक शाक्य आफ्नो डेब्यु एल्बम सिंगरको कान्तिपुर एफएमबाट वरिष्ठ संगीतकार राजु सिंह तथा कभर डिजाइनर अनिल स्थापितद्वारा संयुक्त रुपमा विमोचन गर्नुभएको थियो । गायक शाक्यको एल्वममा ११ वटा गीत समाबेश गरिएको छ । कसम, जन्ती, नशा, अल्झेछ, बर्बराउँछु, मर्छु बरु, प्रतीक्षा, तसकं बांलाः, डाँफे, सुन्दर शान्त नेपाल र रोल्पाली भाइ रुकुमे दाइ लगाएतका छन् ।

गायक शाक्यको स्वर सुनेपछि हरेक प्रकारका गीत गाउन सक्ने साथै नेपाली फिल्ममा पनि प्ले ब्याक सिंगरको लागि उपयुक्त हुने खालको देखिन्छ । यो दशैंको माहौलमा सार्वजनिक गरिएको एल्वम सबैको मनमा छाओस् । समय सान्दर्भिक मिडियाको तर्फबाट पनि सफलताको शुभकामना ।

गायक शाक्यले बिभिन्न टेलिभिजनमा समाचार बाचन गर्नुका साथै नेपाल भाषाका धेरै गीत गाइसकेका छन् ।


२५ असोज २०७८, सोमवार २३:१२ बजे प्रकाशित

ncell long ad

प्रतिक्रिया दिनुहोस्

ncell long ad

सम्बन्धित शीर्षकहरु